बेदकोटमा भूमिहिनहरुका लागि घर निर्माण
कञ्चनपुरको वेदकोटमा भूमिहिनहरुका लागि घर निर्माण गर्न लागिएको छ । नगरपालिकाको वडा नम्बर ५ धरमपुरमा भूमिहिनहरूका नमूना बस्ती अन्तर्गत भूमिहिन शिविरमा पाँच ओटा घर निर्माण हुन लागेका घर निर्माण कार्य भइरहेको हो ।
नगरपालिकाको लगानीमा भूमिहिन बस्तीमा निर्माण गरिने घरको मंगलबार वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले शिलान्यास गरे ।
कुल २९ लाख १३ हजारमा घर निर्माणको ठेक्का बुढी घटाल निर्माण सेवाले पाएको र तीन महिना भित्र घर निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको वेदकोट नगरपालिकाका नगर प्रमुख चन्दले जानकारी दिए ।
उनका अनुसार भूमिहिनहरूका लागि प्रत्येक घरमा दुई कोठा, एउटा बरण्डा र एउटा शौचालय निर्माण गरिने छ ।
२० असोज २०७७, मंगलवार १७:५७ बजे प्रकाशित













