punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चाँडपर्वमा खाद्यान्न अभाव हुँदैन : मन्त्री भट्ट

Chaupati
safha napa

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर कुनैपनि ठाउँमा खाद्यान्न अभाव हुन नदिने दाबी गरेका छन् ।

प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिने दाबी गरेका हुन् । दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको उनको दाबी छ ।

देशका दुर्गम जिल्लामा खाद्यान्नको अवस्थाका बारेमा सरकारले जानकारी लिने गरेको बताउँदै उनले वर्षभरी खाद्यान्न अभाव हुन नदिन सरकारले व्यवस्थापनको काम गरिरहेको बताए।

मन्त्री भट्टले कोरोनाका बेला पनि देशैभर आपूर्तिको समस्या नभएको उल्लेख गर्दै चाडपर्वका बेलामा हुने कालोबजारी नियन्त्रणका लागि देशभर बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए। उनले महँगी नियन्त्रणका लागि सरकार लागिपरेको समेत दाबी गरे।

मन्त्री भट्टले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको उल्लेख गर्दै त्यसलाई चलायमान बनाउन सरकार अघि बढेको बातए। कोरोनाका कारण उद्योग, कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आउन नसेको बताउँदै उनले नेपाल सरकारको मातहतमा रहेका उद्योगको स्तरवृद्धि गर्न मन्त्रालयले समिति गठन गरेको धारणा व्यक्त गरे।

उनले देशका विभिन्न जिल्लामा सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै कैलालीको डुडेझारी र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको सबै काम सकिएर शिलान्यासको चरणमा प्रवेश गरेको जानकारी दिए। दोधरा–चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिसकेको उनको भनाइ छ।


२० असोज २०७७, मंगलवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु