देशभर सक्रिय संक्रमितको संख्या साढे २२ हजार बढी

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेकोे छ । आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या २२ हजार नाघेको हो ।

संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।

सरकारले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउने गर्ने तयारी गरेको छ । यद्यपि, लकडाउनको विकल्प खोज्न सरकारलाई उद्योगी व्यवसायीलगायले माग गर्दै आएका छन् ।


२० असोज २०७७, मंगलवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु