कोरोनाबाट २४ घण्टामा थप ९ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्ल्लो २४ घण्टामा देशभर थप ९ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
२० असोज २०७७, मंगलवार १६:५३ बजे प्रकाशित













