punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बीबीएस प्रथम वर्षमा समिता नेपाल टप भएको दाबी

Chaupati
safha napa

बीबीएस प्रथम बर्षमा धनकुटाकी समिता ढुङ्गेलले सर्वोत्कृष्ट अंक ल्याएर प्रथम भएको दाबी गरिएको छ ।

लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन ९बीबीएस० तर्फ स्नातक तह प्रथम बर्षमा ८४ दशमलव २ प्रतिशत अंक ल्याएकी छन् ।

यो नेपालकै सर्वोत्कृष्ट अंक भएकाले ढुङ्गेल नेपाल प्रथम भएको लिवर्टी कलेजले दावी गरेको हो । बीबीएस प्रथम बर्षका बिद्यार्थी मध्ये सबैभन्दा धेरै अंक ल्याउँदै समिता नेपाल प्रथम भएको लिवर्टीका क्याम्पस प्रमुख हिमसागर कार्कीले दावी गरे ।

क्याम्पस प्रमुख कार्कीले हालसम्म समिताले भन्दा बढी अंक कसैले पनि नल्याएकाले समिता नेपाल टप भएको दावी गरिएको बताए । त्रिभुवन विश्वविद्यालयले भने नेपाल प्रथमको आधिकारीक घोषणा गरेको छैन । तर, अन्य बिद्यार्थीले ल्याएको अंकको तुलनामा लिवर्टी कलेजले समितालाई नेपाल प्रथम दावी गरेको हो ।

धनकुटाको छारागाउँ घर भएकी समिताले धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलबाट ए प्लससहित २०७२ मा एसईई उत्तीर्ण गरेकी थिइन् ।


२० असोज २०७७, मंगलवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु