punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पृथ्वीकाे नजिक आइपुग्याे मंगल ग्रह, राति स्पष्ट देखिन्छ

Chaupati
safha napa

मंगल ग्रह अहिले पृथ्वीको नजिक छ। सन २००३ यता पहिलाे पटक मंगल ग्रह यति नजिक आएकाे हाे र अब १५ वर्षपछि मात्रै  मंगलग्रह पृथ्वीको अहिलेकाे जस्ताे नजिक आउने वैज्ञानिकले बताएका छन्।

हरेक रात अक्टोबर भर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देखिन्छ। हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ ।

रातिमा रातो तारा देखिएको मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देखिँदैन । त्यसो भए अहिले यसरी स्पष्ट र चम्किलो किन देखिएको छ त ?

मंगल ग्रह मंगलबार राति ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने छ। त्यसबेला मंगल ग्रह पृथ्वीबाट ३८,५८६,८१६ माइलको दूरीमा हुन्छ । यसपछि सन् २०३५ सम्म मंगल ग्रह पृथ्वीबाट यति नजिक हुँदैन।

सन् २००३ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो, त्यो बेला मंगल ग्रह र पृथ्वीबिचको दूरी ३४.६५ मिलियन माइल थियो ।

आउँदो हप्ता पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । मार्स अपोजिसन भनिने यो अवस्था अक्टोबर १३ मा हुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सो दिन मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ।

उदहारणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।

 


२० असोज २०७७, मंगलवार १०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु