कति पुग्यो विश्वभर कोरोना संक्रमितको संख्या ? यस्तो छ पछिल्लो तथ्याङ्क

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख नाघेको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ९ हजार ३१७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ७६३ संक्रमित थपिएका छन् । संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ३५ हजार ३४१ संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक छ ।


२० असोज २०७७, मंगलवार ०७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु