punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना अपडेट : कुन जिल्लामा कति संक्रमित थपिए ?

Chaupati
safha napa

देशभर आज थप २,४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १,५३१ जना रहेका छन् ।

थपिएका संक्रमितहरुमा काठमाडौंका १,१७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना रहेका सोमबार नियमित ‘प्रेस ब्रिफिङ’मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी, सुनसरीमा १२२, चितवनमा १०३, रौतहटमा ८४, नवलपरासी पूर्वमा ६६, रुपन्देहीमा ५८, मोरङमा ५५, काभ्रे र कास्कीमा ३६ ३६, कैलालीमा ३३, सुर्खेतमा ३० जना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या ८९,२६३ पुगेको छ । पछिल्लो २४ घन्टामा १,१३३ सहित कोरोना निको हुनेको संख्या ६५,२०२ पुगेको छ ।

हाल देशभर २३,५०७ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु ‘होम’ र संस्थागत ‘आइसोलेसन’मा रहेका छन् । पछिल्लो २४ घन्टामा १३,७८१ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको थियो ।


१९ असोज २०७७, सोमवार १९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु