punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसमा युवाले नेतृत्व लिनुपर्ने बेला आयो : महर

Chaupati
safha napa

नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्व अध्यक्ष नैनसिहं महरले नेपाली कांग्रेसमा युवाले नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन्।

सोमबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले अबको महाधिवेशनबाट युवाले नेतृत्व पाउनुपर्ने बताए । अधिकार कसैले दिएर भन्दा पनि खोसेर लिनुपर्ने भन्दै उनले कार्यकर्ताको मन जित्ने मान्छेले नेतृत्व पाउने बताए ।

उनले अहिलेका कोही युवा गुटभन्दा बाहिर नरहेको भन्दै आपत्ति जनाए। नेता महरले नेपाली कांग्रेस मुख्य समस्या गुट–उपगुटको रहेको भन्दै यसको अन्त्य गुर्नपर्ने बताए। स्थानीय तहदेखि केन्द्र तहसम्म गुट र समुह स्थापना गर्ने समस्या रहेकोले पार्टीको आचारसंहिता कडाईका साथ लागु गर्नुपर्ने बेला आएको बताए।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताउँदै महरले बाढी–पहिरो लगायतका अन्य विपदले महामारीको रूप लिँदै गइरहे भन्दै व्यवस्थापनमा सरकार गम्भीर बन्न नसकेको बताए। सरकारको लाचारीका कारण कोरोनाको सङ्क्रमण फैलिँदै गएको भन्दै उनले तत्काल परीक्षणको दायरा बढाइनुपर्ने उल्लेख गरे।


१९ असोज २०७७, सोमवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु