punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘होम ट्युसन’ पढाउने बाहानामा बालिका बलात्कार !

Chaupati
safha napa

कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन्। पढाइलाई घरमै भए पनि निरन्तरता दिन कतिपय अभिभावकले शिक्षक खोजेर छोराछोरीलाई ट्युसन पढाउने गरेका छन्। त्यस्तै एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहले आफूले पढाउनेमध्ये एक नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। साहले उक्त घरमा गएर वैशाखदेखि ११, ९, ४ र ५ वर्षका चार बालबालिकालाई ट्युसन पढाउँदै आएका थिए।

त्यही क्रममा उनले शनिबार बालिकालाई बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए। ‘स्कुलको पढाइ लामो समयदेखि बन्द भएका कारण अभिभावकले शिक्षक खोजेर घरमै बालबालिकालाई ट्युसन पढाउन लगाउने गरेको पाइयो’, थापाले भने, ‘तर, पढाउन भनेर गएका उनै युवाबाट ५ वर्षीया बालिका बलात्कारको सिकार हुनुपर्‍यो।’

अरू बालबालिका र पीडित बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ। ‘कोरोनाका कारण लामो समयदेखि स्कुल बन्द थियो। पढेका कुरा छोराछोरीले बिर्सने अवस्था आयो’, पीडितकी आमाले भनिन्, ‘ती युवालाई घरमा बोलाएर ट्युसन पढाउन लगाउने गरिएको थियो। तर, आज उनैले यस्तो गरिदिए।’

स्कुलकै शिक्षकको सल्लाहमा घरमै ट्युसन पढाउन लगाइएको र अरू बालबालिकाकै अगाडि पढाउने व्यक्तिले छोरीलाई बलात्कार गरेको बालिकाकी आमाको भनाई रहको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


१९ असोज २०७७, सोमवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु