punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एकैदिन दुई बिओपी स्थापना

Chaupati
safha napa

सीमा क्षेत्र अन्तर्गत कञ्चनपुरमा सोमबार एकैदिन दुई ठाउँमा सशस्त्र प्रहरीका बिओपी स्थापना गरिएका छन् । भीमदत्त नगरपालिका–१० जिमुवाको श्रीलंका टोल र वडा–९ को खल्लामा बिओपी स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरीको अत्तरियास्थित बाहिनीका बाहिनीपति डिआइजी हरिशंकर बुढाथोकीले दुबै बिओपीको उद्घाटन गरे। उक्त अवसरमा सशस्त्र प्रहरीको झलारीस्थित गणका गणपति एसपी बीरेन्द्र ऐरलगायतको उपस्थिती थियो।

अघिल्लो साता मात्रै सशस्त्र प्रहरीले डडेल्धुराका बिभिन्न स्थानमा पनि बिओपी स्थापना गरेको थियो। सीमा क्षेत्रमा हुने अपराध र चोरी तस्करी नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्न बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


१९ असोज २०७७, सोमवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु