दिनेश सञ्चार गृहमा आक्रमण गर्ने पाँच जना धरौटीमा रिहा
धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा रिहा भएका छन् ।
आक्रमणमा संलग्न चक्र रावल, समीर विक र मिलन चन्द ३०/३०, कुबेर खड्का २५ हजार र प्रमोद खड्का २० हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीको मुद्दा शाखाका नायव सुब्बा दुर्गादत्त पन्तले जानकारी दिए ।
भदौ २६ गते दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५÷२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । सो क्रममा व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो ।
१८ असोज २०७७, आइतवार १९:५६ बजे प्रकाशित































