punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिरामीले गरे अस्पतालबाट हामफालेर गरे आत्महत्या

Chaupati
safha napa

विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेर एक जना बिरामीले आज बिहान आत्महत्या गरेका छन्।

अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालबाट हामफालेर आत्महत्या गरेका प्रहरीले जनाएको छ।

उपचारका लागि असोज १७ गते अस्पताल भर्ना गरिएका गजमेरले हाम फालेर आत्महत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
। फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाह बमोजिम उनलाई त्यही दिनबाट आईसीयूमा राखेर उपचार थालिएको थियो।
आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले बिहान ५स्३० बजेतिर दुई तलामाथिबाट हामफालेका हुन् । हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो।

गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको जानकारी उनले दिए। अस्पतालले यस घटनाका बारेमा आधिकारिक रुपमा जानकारी दिइसकेको छैन। उपचाररत अवस्थामा उनले किन आत्महत्याको बाटो रोजे भन्ने यकिन हुन नसकेको र घटनाबारे अनुसन्धान भैरहेको एसपी खड्काले बताए।

मृत्यु अस्वभाविक देखिएका कारण घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जानकारी उनले दिए। शव पोस्टमार्टमका लागि कोशी अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ।


१९ असोज २०७७, सोमवार १०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु