punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घटना स्थलमा डिआइजीको टिम, असई बिकको शब निकालियो

Chaupati
safha napa

धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्जसहित दुई जना प्रहरी वेपत्ता भएपछि घटनास्थलमा डिआईजी सहितको टोली पुगेको छ ।

टोली पुगेपछि अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको शव मोहना नदीबाट निकालिएको छ ।

गतरातिदेखि बेपत्ता भएका असई  बिकको शव आज बिहान सीमा नाकाको मोहना नदीमा फेला परको थियो । उनको घाटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ । मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन् । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए ।

उनीहरुको खोजी गर्दा आज बिहान चौकीबाट एक किमीको दूरीमा उनीहरुले प्रयोग गरेको मोटरसाईकल फेला परेको थियो भने करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको थियो ।

अहिले प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहित, सशस्त्र प्रहरी, भारतीय सुरक्षाकर्मीलगायतको टोली घट्नास्थल पुगेको छ । घटनाको प्रकृति हेर्दा तातस्करहरुसंग झडप भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 


२ कात्तिक २०७७, आइतवार १३:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु