धनगढीमा डिउटीमा खटिएका असईसहित दुई प्रहरी वेपत्ता, मोहनामा एकको शव भेटियो

धनगढी उपमहानगरपालिका-१२ स्थित अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत दुई जना प्रहरी बेपत्ता भएका छन् ।

अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।

उनीहरु दुबै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने भएको छैन ।

उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् ।


२ कात्तिक २०७७, आइतवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु