punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोरङ्गमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

मोरङका विभिन्न स्थानमा थप १ सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो मोरङमा एकैदिन संक्रमित हुनेको संख्या हालसम्मकै धेरै हो ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।


१२ असोज २०७७, सोमवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु