कैलालीमा थप पाँच जना प्रहरीमा कोरोना पुष्टि
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप पाँच जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
जिप्रकाका एक जना र सशस्त्र प्रहरी गुल्म धनगढीका चार जना गरी पाँच प्रहरीमा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयमा निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
यस्तै आतबार नै बझाङमा कार्यरत थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या एक सय ५२ पुगेको छ।
उनीहरु मध्ये ९० जना प्रहरीले कोरोना जितिसकेका छन् भने ५६ जना संक्रिय संक्रमित रहेका छन्।
१२ असोज २०७७, सोमवार ०९:३६ बजे प्रकाशित































