सुनचाँदीको मूल्य कति छ आज ?
सुनचाँदीको मूल्य आज यथावत छ । आज पनि सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चादीको मूल्य पनि यथावत छ । चादी आज पनि प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । चादी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।
१२ असोज २०७७, सोमवार ११:४० बजे प्रकाशित































