सुदुरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुष रहेका छ्न । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक दुई दिनअघि भारतबाट आएका थिए । उनलाइ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।
मृतकका आफन्तका अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो । यता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो।
हाल मृतकको शव डडेल्धुरा अस्पतालमै राखिएको छ र नेपाली सेनाले व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा यो संगै १६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।
८ असोज २०७७, बिहीवार ०७:५६ बजे प्रकाशित













