बैतडीमा भन्सार छलीको सामानसहित दुई जना पक्राउ

भारतबाट भन्सार छली ल्याइएको सामानसहित बैतडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दार्चुलाको लेकम गाउँपालिका –२ गराडीका ४२ वर्षीय हर्क सिंह कार्की र सोही ठाउँका २६ वर्षीय कृपा राम सार्कीलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुमा साथबाट ५२ हजार पर्ने २ पेटी बिडी समेत बरामद गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

पक्राउ परेका दुवै जनालाई बिडिसहित कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट पठाइएको छ।


५ असोज २०७७, सोमवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु