सुत्केरीसहित दुई विरामीको हेलिकप्टर मार्फत उद्धार
सुत्केरीसहित बझाङबाट दुई बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया र चार महिनाकी गर्भवती लामु तामाङको स्वास्थ्यमा समस्या आएएछि उद्धार गरिएको हो ।
रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया गर्भवती तामाङको उच्च रक्तस्राव हुन थालेपछि धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा ठीक नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डा सन्दीप ओखेडाले बताए।
नौ दिनसम्म धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा रक्तस्राव नरोकिएपछि बाहिर पठाउनुपरेको जनाइएको छ। साइपाल गाउँपालिकामा अन्य यातायातका साधन नहँुदा उपचारमा समस्या तथा अकालमै ज्यानसमेत जाने गरेको छ।
५ असोज २०७७, सोमवार १४:०२ बजे प्रकाशित































