punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार पहराई मृत्यु प्रकरण : हत्या भएको भन्दै धनगढीमा प्रदर्शन

Chaupati
safha napa

कैलालीको घोडाघोडीमा जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी पत्रकार निर्मला पहराइको हत्या भएको भन्दै धनगढीमा प्रर्दशन गरिएको हो।

सुखडस्थित कैलाली एफएममा कार्यरत २३ वर्षीया पहराइको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना दिदै प्रर्दशन गरिएको हो ।

पहराइ मृत भेटिएको घटनाको सत्यतथ्य छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै दलित संघरसंगठनहरुले धनगढीमा प्रदर्शन गरेका हुन्।

पहराईलाई उनकै सहकर्मीले विवाहको प्रलोभनमा पारेर हत्या गरिएको आरोप उनीहरुले लगाएका छन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ५ मा रहेको फूलवारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा पहराइ मृत भेटिएको घटनामा अनुसन्धानका लागि उनका पूर्व सहकर्मी समेत रहेका पत्रकार ललित जाग्रीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिइसकेको छ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहोराले सोधपुछका लागि जाग्रीलाई नियन्त्रणमा राखिएको भएपनि पीडित पक्षबाट जाहेरी आइनसकेको बताए।

उनले पीडित पक्षले दिने जाहेरीका आधारमा घटनाबारे थप अनुसन्धान थालिने बताए। पीडित परिवारले भने पहराइको हत्या गरिएको भन्दै दोषीलाई कारवाही गर्न माग गर्दै आएका छन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ४ स्थायी बसोबास भएकी पहाराई भदौ ३१ गतेदेखि वेपत्ता थिईन् भने शुक्रबार मात्र झुण्डिएको अवस्थामा उनी मृत भेटिउकी थिइन्। मृतक पहराईको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


४ असोज २०७७, आइतवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु