मन्त्रिपरिषद् पुनर्गठन सहितका ४ ऐन्जेन्डामा छलफल गर्दै सकियो नेकपा सचिवालय बैठक
आज बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा० को सचिवालय बैठक सकिएको छ । पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन सहितका चार वटा एजेन्डामा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले श्जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालयको अर्काे बैठक सोमबार १ बजे डाकिएको छ ।
४ असोज २०७७, आइतवार १६:२५ बजे प्रकाशित













