Alok

सहकर्मी बलात्कार आरोपमा अधिकृत पक्राउ

बलात्कारको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकामा अधिकृत भानुभक्त  उपाध्याय रहेका छन् ।

२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।

ती महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


४ असोज २०७७, आइतवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु