नेपालमा एकैदिन १४५९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु
नेपालमा आज एकैदिन १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको थियो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।
३० भदौ २०७७, मंगलवार १६:५६ बजे प्रकाशित































