punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना मुक्त भएका भारतीय गृहमन्त्री फेरि अस्पताल भर्ना

Chaupati
safha napa

कोरोना संक्रमण मुक्त भएपनि भारतका गृहमन्त्री अमित शाह फेरी अस्पताल भर्ना भएका छन् ।

कोभिड १९ संक्रमणमुक्त भएका शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

चिकित्सकहरुले गृहमन्त्री शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुको निगरानीमै उनको उपचार चल्नेछ।

शाह अगस्ट महिनामा कोरोना संक्रमित भएका थिए। मेदान्ता अस्पतालमा उपचारपछि दुई सातामा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

केही दिनपछि शाहको स्वास्थ्यमा पुनस् समस्या देखिएपछि एम्समा भर्ना भएका उनलाई १२ दिन पछि डिस्चार्ज गरियो ।


२८ भदौ २०७७, आइतवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु