punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिन्धुपाल्चोकमा फेरि अर्को बिपत्ती: बाढी पहिरोले १८ घर पुरिए, १२ जना बेपत्ता

Chaupati
safha napa

सिन्धुपाल्चोकमा फेरि अर्को बिपत्ती निम्तिएको छ । बाढी पहिरोले १८ घर पुरिएका छन् भने १२ जना बेपत्ता भएका छन् ।

जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसारमा शनिवार राति पहिरो जांदा दुई दर्जन घरहरु पुरिएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको तर घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

सिन्धुपाल्चोकमा गत साउनदेखि बाढी र पहिरोका कारण ठुलो मात्रामा धनजनको क्षति  भएको छ । गत साउन ३० गते विहान जुगल गाउंपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् ।

शनिवार राति आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको जानकारी आएसंगै त्यस क्षेत्रका सांसद तथा प्रतिनिधीसभाका सभामुख अग्नी सापकोटा सिन्धुपाल्चोकतर्फ लागेका छन् ।

 


२८ भदौ २०७७, आइतवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु