punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक बस्दै

Chaupati
safha napa

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै डेढ महिनादखि स्थगित स्थायी कमिटी बैठक आज बस्दैछ ।

आन्तरिक सत्ता संघर्षका कारण बीचमै स्थगित गरिएको स्थायी कमिटी बैठक आज बोलाइएको हो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्ताव पेश गरिने छ ।

असारमा शुरु भएको बैठक विवादकै बीच साउन १३ गतेसम्म बसे पनि त्यसयता त्यत्तिकै स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र प्रधानमन्त्रीको तीब्र आलोचना गरेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग सल्लाह नै नगरी बैठक स्थगित गरिदिनुभएको थियो ।

ओलीले बैठक स्थगित गरेपनि साउन १३ मा अर्का अध्यक्ष दाहालले आफू र नेता माधव नेपाल पक्षीय सदस्यहरुको बैठक राखेर ओलीको कार्यशैली र रवैयाको आलोचना गर्नुभएको थियो ।

दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने जिम्मेवारी दाहाललाई बैठकले दिए पनि त्यसयता बैठक बस्न सकेको थिएन ।

झण्डै फुटको नजिक पुगेको नेकपा अहिले भने प्रधानमन्त्री ओलीलाई थप बलियो बनाउने ६ सदस्यीय कार्यदलको प्रस्तावमा दाहालले सहमति जनाएपछि विवाद साम्य बनाउने प्रयास भएको छ ।

कार्यदलले दिएको प्रतिवेदनमै केही फेरबदल गरेर अध्यक्षद्वयले तयार पारेको १५ बुँदे प्रस्ताव आज बस्ने स्थायी कमिटीको बैठकमा पेश गरिने र पारित गरिने जनाइएको छ ।

बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरी बैठक आजै टुंग्याइने जनाइएको छ ।

दुई अध्यक्षले तयार पारेको प्रतिवेदन र सहमतिप्रति भने माधव नेपाल पक्ष सहमत बन्न सकेको छैन । दुई अध्यक्ष मिल्दैमा समस्या समाधान हुने नभई पार्टीलाई विधिसम्मत चलाउनुपर्ने अडान नेपाल पक्षको छ ।


२६ भदौ २०७७, शुक्रवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु