भारतमा कोरोना भाइरसले दैनिक रेकर्ड तोड्दै : थपिए हाल सम्मकै उच्च संक्रमित
यति बेला भारतमा कोरोना भाइरस कोभिड १९ ले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ९६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड तोडिएको छ ।
पछिल्लो २४ घण्टामा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणले भारतमा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको छ ।
२६ भदौ २०७७, शुक्रवार ०६:२० बजे प्रकाशित













