Alok

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कति पुग्यो ?

सुनको मूल्य आज फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज यथावत छ । आज पनि चाँदी प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा नै कारोबार भैरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१४ भदौ २०७७, आइतवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु