punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनतासँग सरकारको अपिल– सिक्का पैसा खर्च गर्नुस्

Chaupati
safha napa

कोरोना भाइरस महामारीको यो समयमा आफ्ना जनतालाई आफूसँग भएको पैसा खर्च गर्न आह्वान गर्ने देशहरु सायदै होलान् । तर अमेरिकी सरकारले चाहिँ जनतालाई आफूसँग भएका सिक्का पैसाहरु खर्च गर्न अपिल गर्नुपरेको थियो ।

विश्वको सबैभन्दा ठूलो आर्थिक महाशक्ति अमेरिकाले ठूलो परिमाणका नोटहरु खर्च गर्न नभनी किन सानो परिमाणका सिक्काहरु खर्च गर्न जनताहरुसँग अनुरोध गर्यो होला त ? वास्तवमा सरकारले यस्तो अपिल गर्नुको खास कारण रहेछ ।

यो घटना केही हप्ता अगाडिको हो । कोरोना महामारी चरम रुपमा वृद्धि भएको अवस्थामा जारी लकडाउनका कारण अमेरिकी बजारमा डलर तथा सेन्टका सिक्काहरुको चरम अभाव भयो । एकातिर महामारीका कारण बजारहरुमा कम कारोबार भयो भने कारोबार हुँदासमेत धेरै मानिसहरुले भुक्तानीका लागि रकमको सटही गर्नुको साटो कार्डको प्रयोग गर्न थाले ।

यसरी जनताहरुसँग भएका सिक्काहरुसमेत किनमेलमा प्रयोग हुन नपाएपछि बजारमा सिक्काको प्रवाह भएन । जसका कारण सरकारले नै जनताहरुलाई आफूसँग भएका सिक्का खर्च गर्न आग्रह गर्नुपरेको थियो ।

आफूसँग भएका सिक्काहरु किनमेल गर्दा खर्च गर्न वा बैंकमा गएर नोटसँग सटही गर्नका लागि अमेरिकी केन्द्रीय बैंकले अपिल नै गरेको थियो, त्यतिबेला ।

बजारमा सटहीका लागि सिक्काको अभाव भएसँगै नगद कारोबार नै गर्न नसकिने अवस्था आएसँगै सरकारले यस्तो अनुरोध गर्नुपरेको थियो ।

उक्त अनुरोध पश्चात् पनि बजारमा सिक्काको तरलता पर्याप्त हुने अवस्था आएन । कोरोना भाइरस महामारी वर्षैभरी जारी रहने र बजारमा सिक्काको अभाव भइनै रहने अवस्था रहेको हुँदा अमेरिकी सरकारले सिक्का निष्कासनको दर नै बढाउनु परेको छ ।

यसअघि मासिक १ अर्ब सिक्का तयार गर्ने गरेकोमा हाल मासिक १ अर्ब ६० करोड सिक्का बजारमा पठाउने गरिएको छ ।

यतिमात्र होइन, सिक्काको समस्या समाधान गर्नका लागि अमेरिकी सरकारले सिक्का टास्कफोर्स नै गठन गरिसकेकाे छ।

 


१४ भदौ २०७७, आइतवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु