punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

Chaupati
safha napa

कैलालीको जानकी गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

यही भदौ ११ गते राति जिल्लाको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवकलाई प्रहरीले पक्राउ गरेको हो।

सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक विष्टले बताए।

 

 


१४ भदौ २०७७, आइतवार ११:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु