धनगढी प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

धनगढी, साउन २७ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी ३ का ३६ वर्षीय र धनगढी ७ का २७ वर्षीय गरी कैलालीका दुई जना, बेलौरीका २ र बेलडाडीँका १ गरी कञ्चनपुरका ३ जना, मालिका अर्जुनका ३ र मार्माका २ गरी दार्चुलाका ५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा १ सय ४६ स्वाबको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । संक्रमित सबै पुरुष रहेको उनले जानकारी दिए ।


२७ साउन २०७७, मंगलवार १०:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु