६ महिने बालकसहित ९ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २५ । कर्णाली प्रदेशमा ६ महिने बालकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ६ महिनाका बालकसहित नौजनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट पचालभरना गाउँपालिका– ४ का ६ महिनाका बालकमा कोरोना संक्रमण भएको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा जनाएको छ ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ४ का ६१ वर्षीया महिला, गुर्भाकोट नगरपालिका–७ का २२ वर्षीय पुरुष (सुर्खेतका दुईजना) र दैलेख महावु गाउँपालिका– १ का ४६ वर्षीय पुरुष गरी तीनजनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला चन्दननाथ नगरपालिका– १ का १७ वर्षीय पुरुष, वडा नं. ३ का २० वर्षीया महिला, वडा नं. ६ का २४ वर्षीया महिला, तिला गाउँपालिका–५ २० वर्षीया महिला, कालिकोट शुभकालिका गाउँपालिका– ३ का ११ वर्षीय पुरुष, पचालझरना गाउँपालिका–४ का ६ महिनाका बालकमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् ।


२५ साउन २०७७, आइतवार ०९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु