punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भदौ १ देखि हवाई सेवा सुरु हुँदै, एयरलाइन्स र गन्तव्यबारे निर्णय अझै भएन

Chaupati
safha napa

 

काठमाडौं,साउन २५। सरकारले भदौ १ देखि नियमित हवाई सेवा सुरु गर्दै छ । सरकारको निर्णयसँगै स्वदेशी तथा विदेशी हवाई सेवा कम्पनीले उडान तयारी पनि गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान कार्यालयले पनि तयारी गरिरहेको छ ।

नेपालमा उडान गर्न १३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले अनुमति मागेका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स र उडान गन्तव्यबारे निर्णय गरिसकेको छैन । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले उडान अनुमतिका लागि १३ एयरलाइन्सले निवेदन दिएको र गन्तव्यबारे निर्णय गर्न लागेको बताए । कुन
-कुन एयरलाइन्स र कुन-कुन गन्तव्यबाट नेपाल आउन र नेपाली विमान कम्पनीलाई पनि कुन-कुन गन्तव्यमा उडान अनुमति दिने भन्‍ने विषयमा सरकारले निर्णय गर्नेछ । “यसको निर्णय छिट्टै हुन्छ,” उनले भने ।
कोरोना बढी प्रभावित गन्तव्यमा जान र त्यस्ता गन्तव्यबाट नेपालमा आउन नदिने तयारी सरकारको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ९ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमित हवाई सेवा प्रतिबन्ध लगाउँदै आएको छ।

अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडानका लागि स्वदेशी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले अनुमती मागेका छन् भने नेपालमा उडान भर्न कतार एयरवेज, कोरियन एयर, इत्तिहाद, एयर अरेबिया, टर्किस् एयरवेजलगायत विमान कम्पनीले आवेदन दिएका छन् ।


२५ साउन २०७७, आइतवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु