सञ्जय दत्त अस्पताल भर्ना

एजेन्सी,साउन २५। बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि दत्त मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना भएका हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनमा कोरोनाभाइरस संक्रमणको आशंका गरिएको थियो । तर, उनको पिसीआर टेस्ट रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अस्पतालको स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यहरुले दत्तलाई अस्पतालको आइसीयू वार्डमा राखिएको भएता पनि स्वास्थ्यमा गम्भीर समस्या नदेखिएको जनाएका छन् ।

दत्तको स्वास्थ्य जाँचका केही रिपोर्ट नआइसकेको र अवस्था स्थीर नै रहे आजै डिस्चार्ज हुने बताइएको


२५ साउन २०७७, आइतवार ०६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु