punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७४ पुग्यो

Chaupati
safha napa

काठमाडौं, साउन २५ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

कोभिड-१९ तथा डाइबेटिज मेलिसस भई साउन १७ गते भर्ना भएका उनको साउन २४ गते राति ११.३५ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पतालका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिएका छन्।

यसअघि प्रतिष्ठानमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको जनाइएको छ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ।


२५ साउन २०७७, आइतवार ०३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु