punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीसहित तराईका यी तीन जिल्लामा भारी वर्षा, सतर्क रहन भन्दै रातारात पठाइयो एसएमएस

Chaupati
safha napa

काठमाडौं, साउन २५ । तराईका कैलाली, कञ्चनपुर र बर्दियाका अधिकांश स्थानमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले कैलालीमा बढी जोखिम रहेको जनाएको छ । जिल्लाको टीकापुर र आसपास डुबानको उच्च जोखिममा रहेकाले सतर्क रहन आग्रह गरेको छ।

यस्तै, कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन पनि महाशाखाले राति नै एसएमएस पठाएको छ। ती क्षेत्रमा थप वर्षा हुने भएकाले सतर्क रहन पनि आग्रह गरिएको हो।

हाल देशभर मनसुनी बादल विकसित भइ प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र तट्याङसहित वर्षा भइरहेकाले त्यसबाट हुने जोखिमबाट बच्न पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


२५ साउन २०७७, आइतवार ०१:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु