punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा पहिरोमा पुरिएर बालकको मृत्यु, एक गम्भीर घाइते

Chaupati
safha napa

बाजुरा, साउन २५ । बाजुराको गौमुल गाउँपालिकामा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ ।

वडा नम्बर ४ डाँडाबाडा भैंसी छानाको माथिबाट पहिरो खस्दा सुतिरहेका १२ वर्षीय बालक अनिश बिकको मृत्यु भएको हो।

पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । घाइते कामीको कम्मर र हात खुट्टामा चोट लागेको छ। १० हजार बढी नगद, लत्ता कपडा बगेको छ भने चार बाख्रा र एक गोरु मरेका छन्।

प्रहरी टोली बिहान त्यस्तर्फ हिडिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नावय उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। उनकाअनुसार
स्थानीयसमेत नभएको र एकान्त लेकमा भएका कारण उद्दारको लागि समस्या भएको छ।

घटनास्थलमा गई तत्काल राहत र उद्दार कार्यमा जुट्न जनप्रतिनिधिहरु र स्थानीयलाई गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आग्रह गरेका छन्।


२५ साउन २०७७, आइतवार ०४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु