भारतमा कोरोना संक्रमणको अर्को ‘रेकर्ड’, एकैदिनमा थपिए अहिलेसम्मकै धेरै संक्रमित
काठमाडौं, साउन २५ । भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।
शनिबार मात्रै भारतमा ६५ हजार १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । शनिबार अमेरिकामा ५३ हजार ७०५ तथा ब्रजिलमा ४६ हजार ३०५ जना कोरोना संक्रमित बढेका छन् ।
शनिबार एकैदिन भारतको महाराष्ट्रमा १२ हजार ८२२ जना संक्रमित थपिएका छन् । त्यस्तै आन्ध्र प्रदेशमा १० हजार ८० कोरोना संक्रमित भेटिएका थिए ।
शुक्रबार अमेरिकामा ६३ हजार २४६, भारतमा ६१ हजार ४५५ र ब्रजिलमा ४९ हजार ५०२ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार भारतमा ६२ हजार १७०, अमेरिकामा ५८ हजार ७१० जना र ब्रजिलमा ५४ हजार ८०१ जना संक्रमित थपिएका थिए ।
अहिलेसम्म अमेरिकामा ५१ लाख ४९ हजार २२९ संक्रमित पुगेका छन् । ब्राजिलमा ३० लाख १३ हजार ३६९ तथा भारतमा २१ लाख ५२ जहार २० पुगेका छन् ।
अमेरिकामा ९७१ थपिएर १ लाख ६५ हजार ६५, ब्रजिलमा ८४१ थपिएर एक लाख ५४३ तथा अमेरिकामा ८७५ जना थपिएर ४३ हजार ४५३ जना मृतक पुगेका छन् ।
निको हुनेको संख्या अमेरिकामा २६ लाख ३८ हजार ३०३, ब्राजिलमा २० लाख ९४ हजार २९३ तथा भारतमा १४ लाख ७९ हजार ८०४ पुगेको छ ।
२५ साउन २०७७, आइतवार ०१:११ बजे प्रकाशित































