प्रतिनिधिसभा सदस्य रेशम चौधरी अस्पताल भर्ना

काठमाडौं, साउन २३ । प्रतिनिधि सांसद रेशम चौधरी अस्पताल भर्ना भएका भएका छन्। मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको डिल्लीबजारस्थित कारागारले जनाएको छ ।

उनी २०७२ भदौ ७ गते सुरक्षाकर्मीसहित आठ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तका रुपमा जेल जीवन विताइरहेका छन् ।

जिल्ला अदालत कैलालीले चौधरीलाई दोषी ठहर गरेका चौधरी उनी दुई वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका हुन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए।


२३ साउन २०७७, शुक्रवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु