प्रहरीलाई घुस खुवाउन खोज्दा उल्टै फन्दामा

काठमाडौं, साउन २३ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ मा प्रहरीलाई घुस दिने व्यक्ति उल्टै फन्दामा परेका छन् ।

नागढु‌ंगामा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक नागार्जुन नगरपालिका–४ सीतापाइला बस्ने ३३ वर्षीय अनिल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

धादिङबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रोबस प्रहरीले जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको पाइएको र चालक महर्जनले एक हजार रूपैयाँ दिई उम्कन खोजे पश्चात उनी पक्राउ परेका हुन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


२३ साउन २०७७, शुक्रवार १०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु