punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या तीन हजार ६६२

Chaupati
safha napa

कैलाली, साउन२३। सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्थानीय तहका ‘आइसोलेसन’बाट थप २७१ कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।
कोरोनामुक्त भएर कैलालीका २३५, डडेल्धुराका २१, कञ्चनपुरका १२ र बैतडीका तीनजनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या तीन हजार ६६२ पुगेको छ ।
सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अरु संक्रमित भने स्थानीय तहको आइसोलेसन तथा आफ्नै घरमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जम्मा संक्रमितको संख्या चार हजार ९०७ पुगेको छ । हालसम्म नौ संक्रमितको मृत्यु भएको जनाइएको छ ।


२३ साउन २०७७, शुक्रवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु