punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढी, साउन १७ । सुदूरपश्चिममा आज थप एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका नौँ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ।

यससंंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ७५ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार १० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भइसकेको छ।


१७ साउन २०७७, शनिवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु