अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते
तुलसीपुर, साउन १७ । पश्चिम दाङको शान्तीनगरमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ वर्षीया बिमला वली रहेको प्रहरीले बताएको छ ।
घरमा कोही नभएको समयमा शनिवार विहान २ बजेतिर ती महिला माथी कुटपिट भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनी घर नजिकैको बारीमा विहान अचेत अवस्थामा फेला परेपछि स्थानियको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ ।
उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उनी माथी कसले र किन आक्रमण गरेको हो भन्नेबारे केहि नखुलेको प्रहरीले जनाएको छ ।
उनका श्रीमान् बैदेशिक रोजगारीमा विदेश छन् भने छोरा र छोरी घरमा नभएको मौका छोपी उनी माथी कुटपिट भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।
१७ साउन २०७७, शनिवार ०५:१८ बजे प्रकाशित































