punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा हाइस दुर्घटना हुँँदा १७ जना घाइते

Chaupati
safha napa

डडेल्धुरा, साउन १७ । धनगढीदेखि बझाङ जाँदै गरेको एक हाइस डडेल्धुरामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक  दु्र्घटना भएको हो।

भारतबाट फर्किएकाहरुलाई धनगढी देखि बझाङ्ग  लैजादै गरेको सु.प.प्र. ०१–००१–ख २३२३ नं. को हाईस शनिबार बिहान  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाईते मध्येका बझाङ्ग तलकोट गाउँपालिका–२ बस्ने बस्ने ३० बर्षीय हिमाल माझी (साहुँ) र कैलाली गोदावरी नगरपालिका–६ बस्ने वर्ष २५ का शिवराज फुलारालाई उपचारको लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ  ।

बझाङ्ग तलकोट गाउँपालिका–२का २३ वर्षीया शुसिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दिपेन्द्र कुँवर, १८ वर्षका  अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर पनि घाईते भएका छन्।

यस्तै ४६ वर्षका गोरख कुँवर,४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका  विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका  पवन धामी, ६ को अनुप रोकाया रहेका छन्।

घाइते १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।


१७ साउन २०७७, शनिवार ०५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु