punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको उत्कृष्ट ब्याटिङ, इंग्ल्यान्ड बलियो योगतर्फ

Chaupati
safha napa

एजेन्सी
युवा स्टार ओली पोपको उत्कृष्ट ब्याटिङसँगै वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्ड बलियो योगफलतर्फ अघि बढेको छ ।

ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८५.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ । युवा ब्याट्सम्यान ओली पोप आफ्नो टेष्ट करिअरको दोस्रो शतक नजिक छन् ।

पोप १ सय ४२ बलमा ११ चौका सहित ९१ रनमा अविजित छन् । विकेटकिपर जस बटलरले १ सय २० बलमा २ छक्का र ५ चौका सहित ५६ रनमा अविजित छन् । पाँचौ विकेटका लागि पोप र बटलरले २ सय २८ बलमा १ सय ३६ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको बाटो देखाएका छन् ।

ओपनर रोरी बर्न्स १ सय ४७ बलमा ४ चौका सहित ५७ रनमा क्याच आउट भए । रोरीलाई स्पिनर रोस्टन चेशले रेहकम कर्नवालबाट क्याच आउट गराए । अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबिडब्लू शून्यमा आउट गरे । कप्तान जो रुट १७ रनमा रन आउट भए ।

रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे । तीन टेष्ट सिरिज १–१ को बराबरीमा छ । त्यसैले दुबै टोलीलाई अन्तिम खेल जित्नै पर्ने दबाब छ ।


१० साउन २०७७, शनिवार ०२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु