आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन १० । आज देशका विभिन्न स्थानहरुमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार देशभर सामान्य बदली रही अहिले देशका केही स्थानहरुमा हल्का पानी परिरहेको छ । आज दिउँसोपछि देशका बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
आज राति पनि प्रदेश १ का केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
१० साउन २०७७, शनिवार ०३:३९ बजे प्रकाशित






























