बाढी–पहिरोमा बेपत्ता २३ जना अझै भेटिएनन्, खोजी कार्य जारी
?????????????????????????????????????????????????????????
काठमाडौं, साउन ३ । सिन्धुपाल्चोकमा बाह्रविसेको पहिरोमा परि बेपत्ता भएका १७ जनासहित बाढी–पहिरो परी बेपत्ता भएका जम्मा २३ जना अझै फेला परेका छैनन्। बेपत्ता भएको व्यक्तिहरुको खोजी कार्य अझै जारी छ ।
अघिल्लो बुधबार रातिको बाढी–पहिरोले बेपत्ता बनाएका बाह्रबिसेको जम्बुका १७ जना, भोटेकोशी–५ बुल्कुर्टेका ३ जना र गत बुधबार घर पुरिँदा भोटेकोशी–४ फुल्पिङकट्टीका २ जना अझै फेला परेका छैनन्। यस्तै गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको अडिट गेट फुट्दा आएको बाढीले मुहानस्थलबाटै बेपत्ता भएका एक जना पनि फेला पर्न सकेका छैनन्।
बुधबार रातिको पहिरोमा पुरिएर बेपत्ता भएका भोटेकोशी–४ फुल्पिङकट्टीका एकै परिवारका पाँच जनामध्ये शुक्रबार १४ वर्षकी छिरिङवाङ्गु शेर्पाको शव फेला परेको छ।
३ साउन २०७७, शनिवार ०४:२६ बजे प्रकाशित































