punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली प्रदेशसभा एक सदस्यलाई कोरोना संक्रमण

Chaupati
safha napa

सुर्खेत, असार ३० । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान ती प्रदेशसभा सदस्यको पीसीआर परीक्षण गरिएको थियो । उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनका स्वकीय सचिवले बताए ।

स्वकीय सचिवका अनुसार सांसद बर्खे अधिबेशनभर संसद भवन र कोठा बाहेक बाहिर गएका थिएनन् । उनको दैनिकी संसद भवन र कोठा हुँदै बित्ने गरेको थियो । संसद अधिबेशन सुरु हुनुभन्दा अगाडि गरिएको पिसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाका सबै सदस्यको कोरोना परीक्षण गरिने भएको छ । उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।


३० असार २०७७, मंगलवार ११:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु